कांग्रेस–एमालेबीच तिब्र प्रतिस्पर्धा, यस्तो छ अहिलेसम्मको ताजा परिणाम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 01, 2017 | 08:08:54 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहमा मतगणनाको दोस्रो दिन शुक्रबार बेलुकासम्म प्राप्त परिणामअनुसार कांग्रेस १४ र एमाले १६ स्थानमा विजयी भएका छन् भने कांग्रेसले एमालेभन्दा एक तह बढीमा अग्रता कायम गरेको छ । 

कांग्रेसले मतगणना भएकामा ८६ स्थानमा अग्रता लिएको छ भने एमालेले ८५ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्र सात तहमा विजयी भएको छ भने उसले २४ तहमा अग्रता कायम गरेको छ । 

अधिकांश मतगणना जारी भएका स्थानी तहमा सयभन्दा कम मतान्तर भएकाले पनि कांग्रेस र एमाले अघि र पछि हुँदै आएका छन् । प्रदेश नम्बर १ का मुख्य सहर विराटनगर, धरान, इटहरी र इनरुवामा कांग्रेसले अग्रता कायम गरेको छ । 

त्यस्तै, प्रदेश नम्बर ५ का मुख्य सहर अधिकांशमा एमालेले अग्रता लिएको छ । बुटवल, घोराही, तुल्सीपुरलगायतमा एमालेले अग्रता लिएको छ । प्रदेश नम्बर ७ का नगरमा पनि अधिकांशमा कांग्रेसले अग्रता लिएको छ । धनगढीमा कांग्रेस अगाडि छ भने एमाले तेस्रो स्थानमा छ । 

शुक्रबार साँझसम्म मतगणना सम्पन्न भएका स्थानीय तहमा एमालेले १४ स्थानमा जित हासिल गरेको छ भने कांग्रेसले १२ स्थानमा जितेको छ । त्यस्तै, माओवादी ९ र राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले १र१ मा तहमा जित हासिल गरेका छन् । 

एमाले बझाङको तलकोट गाउँपालिका, दार्चुलाको अपिहिमाल, नवलपरासीको त्रिवेणीसुस्ता, धनकुटाको सहिदभूमि, बझाङकै दुर्गाथली गाउँपालिकाको प्रमुखमा विजयी भएको छ । त्यस्तै, दार्चुलाकै लेकम, बझाङको भुवनेश्वर, बझाङकै थलारागाँ, ताप्लेजुङको मैवाखोला, बाजुराको गौमुल, भोजपुरको रामप्रसाद राई, बैतडीको पञ्चेश्वर, खोटाङको जन्तेढुंगा, बाजुराको पाण्डव गुफा, बझाङको मष्टा गाउँपालिकामा एमालेले प्रमुख जितेको छ । त्यस्तै, डडेलधुराको अमरगढी नगरपालिकाको मेयर र उपमेयर पनि एमालेले जितेको छ । 

कांग्रेसले नवलपरासीको प्रतापपुर, ताप्लेजुङको मेरिङदेन, खोटाङको ऐसेलुखर्क, बाजुराको हिमाली र छेडेदह गाउँपालिको प्रमुखमा जितेको छ । त्यस्तै, डडेलधुराको गन्यापधुरामा पनि कांग्रेसले जितेको छ । यो गाउँपालिका प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र हो । डडेलधुराकै भागेश्वर, आलिताल, डोटीको केआईसि, संखुवासभाको सिलिचाङ, बझाङको काँडा र गुल्मीको गुल्मीदरबार गाउँपालिकामा कांग्रेसले जितेको छ । बाजुराको बढीमालिका नगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाको मयेर र उपमेयरमा पनि कांग्रेसले जितेको छ । 

माओवादी केन्द्रले रुकुमको सिस्ने, भुमे, पुथा उत्तरगंगा, डडेलधुराको अजयमेरु, दाङको बंगलाचुली, सोलुखुम्बुको माहाकुलुङ र लिखुपिके गाउँपालिकाको प्रमुख जितेको छ । उदयपुरको ताप्ली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार पदमबहादुर तामाङले प्रमुखमा विजयी हुनुभएको छ भने प्युठानको मल्लरानी गाउँपालिकामा जनमोर्चाका अमरध्वज रानाले बाजी मार्नुभएको छ । 

अधिकांश नगरपालिकामा मतगणना निकै सुस्त भएको छ । विराटनगरको २४ घन्टामा ५ हजार मत पनि गनिएको छैन । निर्वाचन आयोगले मतगणना बढीमा एक सातामा सक्न गणना केन्द्र बढाउन निर्देशन दिएको बताएको छ । विजयी एमाले १६ कांग्रेस १४ माओवादी ७ राजमो १ स्वतन्त्र १ अग्रता कांग्रेस ८५ एमाले ८६ माओवादी २५ राप्रपा ५ फोरम लोकतान्त्रिक ५ संघीय फोरम र नयाँ शक्ति ३ अन्य ३ अन्नपूर्ण पोस्टबाट ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved