मधेसकेन्द्रित दलसँग नजिक हुन खोज्दै एमाले

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 17, 2017 | 08:36:21 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रमुख विपक्षी दल एमालेले मधेसकेन्द्रित दलहरूसँग छुट्टै संवाद गर्ने भएको छ । स्थायी समितिको आइतबारको बैठकले मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँग छुट्टाछुट्टै संवाद अघि बढाउने निष्कर्ष निकालेको हो ।

‘विभिन्न चरणमा मधेसकेन्द्रित दलसँग भइरहेका अनौपचारिक संवादलाई निरन्तरता दिने बैठकले निष्कर्ष निकालेको छ,’ सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने, ‘राजपा नेपाल, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरमसहित सबैसँग भइरहेको कुराकानीलाई अझ निरन्तरता दिन्छौँ ।’

एमालेले सबै दल चुनावमा भाग लिनेगरी सौहार्दपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको बताउँदै उनले त्यसैका लागि मधेसकेन्द्रित दलसँग छलफल र संवाद बढाउन लागिएको स्पष्ट पारे । अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेश नम्बर २ को निर्वाचन तयारीमा केन्द्रित रहेर छलफल गरेको थियो । नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved