नेपालीभाषीविरुद्ध बंगाल सरकारको नाकाबन्दी, चामल लिन पाँच घन्टा पैदल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 17, 2017 | 09:12:19 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगाल सरकारले गोर्खाल्यान्डमा नाकाबन्दी लगाएपछि सीमावर्ती क्षेत्रका नागरिक पाँच घन्टासम्म हिँडेर चामल किन्न इलामको पशुपतिनगर, अन्तु, समाल्बुङसम्म आउन थालेका छन् ।एक महिनादेखि जारी आमहडताल र बंगाल सरकारले तराईबाट पहाडमा अन्न ल्याउन नदिएपछि दार्जिलिङसम्मका सर्वसाधारण नेपाल आएर चामललगायत अत्यावश्यक सामग्री लैजान बाध्य छन् ।

दैनिक पाँच घन्टासम्म हिँडेर भारतीय ग्राहक आउन थालेको सूर्योदय नगरपालिका २ पशुपतिनगरका किसाना पसल सञ्चालक राजकुमार महेश्वरीले बताउनुभयो । गोर्खाल्यान्ड आन्दोलनपछि सीमापारि मिरिक, दार्जिलिङलगायत क्षेत्रका ग्राहक पशुपतिनगरमा आउने क्रम बढेको बढेको उहाँले बताउनुभयो । धेरै सामग्री भारत लैजान नदिने भएपछि २० किलोसम्म बोकेर फर्किने गरेको उहाँको भनाइ छ ।

बंगाल सरकारले दार्जिलिङ, सिक्किमसहितको क्षेत्रमा आउने खाद्यान्न रोकेपछि संकट सुरु भएको छ ।

ममता बेनर्जी नेतृत्वमा रहेको बंगाल सरकारले दार्जिलिङ, सिक्किमसहितको क्षेत्रमा आउने खाद्यान्न रोकेपछि मानवीय संकट सुरु भएको मोर्चाका सहसचिव विनय तामाङले बताउनुभयो । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले राष्ट्रिय राजमार्ग बन्द गर्ने बेनर्जी सरकारको कदमको कडा आलोचना गर्दै ‘चामाल रोक्नेहरू सिक्किमका दुस्मन’ भएको टिप्पणी गर्नुभयो ।

सिक्किमले गोर्खाल्यान्ड आन्दोलनको खुलेर समर्थन गरेपछि बंगाल सरकारले पहाडी क्षेत्रमा अघोषित नाकाबन्दी लगाएको छ । गोर्खाल्यान्ड आन्दोलनलाई आतंककारी आन्दोलनको संज्ञा दिँदै बंगाल सरकारले तराईबाट भित्रिने खाद्यान्न रोकेपछि दार्जिलिङमा रहेका भरिया, चिया बगानका मजदुर एवं ग्रामीण क्षेत्रका विपन्न परिवार भाकभोकै पर्न थालेका हुन् ।

यसैबीच नाकाबन्दी, इन्टरनेट सेवा बन्द र सातजनाको मृत्यु हुने गरी हालै दार्जिलिङमा भएको घटनाको अध्ययन गर्न भारतको मानवअधिकार आयोगले बेग्लै टोली खटाउन लागेको आयोगका अधिकारकर्मी रेसिका क्षेत्रीले जानकारी दिनुभयो । नाकाबन्दीको कारण चामल, आटा, मैदा, साबुन, तेललगायत सामग्री भारत जाने गरेको सूर्योदय नगरपालिका २ पशुपतिनगरका अध्यक्ष चन्द्र सुब्बाले बताउनुभयो । अन्नपूर्ण पोस्ट दैनिकमा तोयानाथ भट्टराईले खबर लेखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved