एक हप्ता लोडसेडिङ हुने !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 09:32:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको आन्तरिक बिजुली आपूर्तिमा प्राविधिक खराबी हुँदा र भारतबाट आयात हुने बिजुली कम हुँदा मध्य बर्खामा मध्य तथा सुदूरपश्चिममा लोडसेडिङ हुने भएको छ ।
बाढी, पहिरोले नदी तथा जलाधार क्षेत्रमा आएको ढुङ्गा, माटो तथा अन्य फाहोरपदार्थले निजी क्षेत्रका आयोजनामा क्षति पुगेर विद्युत् आपूर्ति हुन नसक्दा यस क्षेत्रमा एक हप्तासम्म लोडसेडिङ हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय प्रशारण लाइनमा विद्युत् आपूर्ति कम भएकाले मध्य तथा सुदूरपश्चिममा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण भार सम्प्रेषण केन्द्रका उप प्रवन्धक दिपक धितालले बताउनुभयो ।
केही निजी क्षेत्रका जलविद्युत् आयोजनामा बाढी पहिरोको क्षतिले बन्द गर्नुपर्दा र भारतबाट आउनुपर्ने बिजुली आपूर्तिमा केही समस्या आएकाले कोहलपुर – महेन्द्रनगर प्रशारण लाइनका दोस्रो सर्किट नयाँ भूरीगाउँ सव स्टेशनमा जोड्ने कार्य गर्दा कोहलपुर –लम्की कैलाली १३२ केभी प्रशारण लाइन बन्द गर्नुपर्ने भएकाले सो क्षेत्रमा बिजुली आपूर्ति नभएको उहाँले बताउनुभयो ।
सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा महेन्द्रनगर –अत्तरिया सव स्टेशन र लम्की सव स्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा दैनिक चार घण्टा लोडसेडिङ हुने केन्द्रले जनाएको छ ।  महाकाली सन्धि अनुसार टनकपुरबाट प्राप्त गर्नुपर्ने बिजुली पनि प्राप्त हुन नसकेको बताइएको छ ।
टनकपुर प्रशारण लाइनमा केही प्राविधिक समस्या आएपछि भारतबाट आयात हुने करिब ४० मेगावाट बिजुली आपूर्ति ठप्प भएको केन्द्रका उपप्रबन्धक धितालले बताउनुभयो ।  सो क्षेत्रमा पिक आवरमा ४५ मेगावाट र बिहान र साँझ ३५ देखि ३८ मेगावाट माग भएको तर टनकपुर क्षेत्रबाट अधिकतम् ३२ देखि ३५ मेगावाट मात्र आपूर्ति भएकाले लोडसेडिङ गर्नुपरेको उहाँले बताउनुभयो ।
यता ६५ मेगावाट उत्पादन क्षमता भएको माथिल्लो मोदी पनि पूर्ण रुपले बन्द हुने भएको छ ।  जसले गर्दा राष्ट्रिय प्रशारण लाइनमा आगामी साउन १५ गतेबाट माथिल्लो  मोदीको बिद्युत् आपूर्ति नहुने भएको छ ।
कुशाहा– कटैया प्रशारण लाइनबाट १०० मेगावाट आयात भइरहेको भएपनि भारतीय पक्षले प्राविधिक गडबढीका कारण देखाई जम्मा ६० मेगावाट बिजुली मात्र आयात भइरहेको प्राधिकरणले जनाएको छ ।  गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved