गाडी, ल्यापटप र मोबाइल २४ घण्टाभित्र फिर्ता गरः आयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 08:31:13 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले तत्कालीन सचिव गोपीनाथ मैनालीले सवारी साधनलगायत सामग्री नबुझाएको भन्दै २४ घण्टाभित्र फिर्ता गर्न पत्राचार गरेको छ । आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएर मैनालीको जिम्मामा रहेको बा२झ ४४९ नम्बरको ल्यान्डक्रुजर प्राडो गाडी, ल्यापटप र मोबाइल फोन सेट (आइफोन सेभेन प्लस) फिर्ता पठाइदिने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

सचिव मैनाली असार ११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा भएका हुन् । मैनालीले चढदै आएको बा१०च ८८०९ नम्बरको टेरियस गाडी असार १३ मा फिर्ता गरेको आयोगले जनाएको छ । पदाधिकारीसँग कुरा नमिलेपछि आयोगकै आग्रहमा सरकारले दोस्रो चरणको चुनावको पूर्वसन्ध्यामा मैनालीको सरुवा गरेको थियो । आयुक्तहरूले चाहेको सुविधासम्पन्न गाडी किन्ने विषयमा विमति राख्दा आफ्नो सरुवा गरिएको आरोप मैनालीले लगाएका थिए । उनले आयोगका पदधिकारीले एकभन्दा बढी प्रयोग गरिरहेको जनाउँदै थप गाडी किन्नुपर्ने आवश्यकतै नरहेको बताएका थिए । आयोगमा रहँदा उनी स्वयंले पनि दुइटा गाडी प्रयोग गरेको देखिएको छ ।

आयोग पदाधिकारीले भने निर्वाचन व्यवस्थापन कार्यमा मैनालीबाट असहयोग भएकाले सरुवा गरिएको जनाएको थियो । मैनालीको सरुवापछि आयोगले प्रमुख निर्वाचन आयुक्त र चार जना आयुक्तका लागि ५ वटा विलासी गाडी किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।  कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved