‘जहाज उडोस्, सपना नउडोस्’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2017 | 07:36:16 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारको निर्णयले जितपुर–सिमरा उपमहानगरपालिका–१६ स्थित टांगिया बस्तीकी हीरामाया लामा हर्षित छिन्। तर, आयोजनाका कारण आफ्नो परिवार कता पुग्ने हो भन्ने चिन्ताले सताइरहेको छ हीरामायालाई।

भविष्य सम्झिँदा…
विमानस्थल निर्माण प्रक्रिया अघि बढ्दा पनि एक हजार चार सय ७६ घरधुरी रहेको बस्ती व्यवस्थापनका लागि सरकारले ठोस निर्णय नगरेका कारण चिन्ता बढेको उनी सुनाउँछिन्। उनका अनुसार २०३१ सालदेखि बसोबास रहँदै आएको बस्ती आयोजनाका कारण विस्थापित हुने हुँदा त्यसपछि कहाँ बस्ने र कसरी जीविका चलाउने भन्ने चिन्ता बढेको छ। विमानस्थल बन्ने कुराले खुसी लागे पनि भविष्य सम्झिँदा निद्रा नै नलाग्ने उनको भनाइ छ।

सपना
‘लामो समय जसोतसो गुजारा गर्दै आयौं, छोराछोरी पनि हुर्किंदै गए। बस्तीमै विकास होला, सबै सुविधा पाइएला भन्ने सपना देखेका थियौं’, उनी भन्छिन्, ‘तर, अहिले बस्ती नै उठ्ने कुरा आएको छ, हामीलाई कसरी उठाउने र कहाँ लैजाने भन्नेबारे सरकारले केही बोलेको छैन। विमानस्थल बनेर जहाज उडोस् तर हाम्रो सपना नउडोस्, हामी यति चाहन्छौं।’

दुखेसो
विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण, सीमांकनलगायत काम अघि बढिसक्दा पनि झन्डै आठ हजार जनसंख्या रहेको बस्तीबारे सरकारको स्पष्ट कुरा नआउँदा अन्योलमा परेको उनी बताउँछिन्। मुलुककै ठूलो आयोजना निर्माणका लागि सरकार अघि बढिरहँदा लामो समयदेखि बसोबास गर्दै आएका जनताबारे उचित निर्णय गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको उनको दुखेसो छ। जनतालाई बिचल्लीमा नपारी आयोजना निर्माण गर्नका लागि सरकार गम्भीर हुनुपर्ने उनी बताउँछिन्। अन्नपुर्णपोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved