परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच टेलिफोनवार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2017 | 07:05:14 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाललाई सक्दो सहयोग गर्ने बताएकी छिन् । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई आइतबार टेलिफोनवार्तामा स्वराजले यस्तो बताएकी हुन् ।

‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग टेलिफोनमा नेपाल–भारत सीमा क्षेत्रको बाढीसँग सम्बन्धित समस्याका बारेमा छलफल गर्नुभएको छ, नेपाललाई सक्दो सहयोग गर्ने वचन दिनुभएको छ,’ नेपालस्थित भारतीय दूतावासले ट्विटरमार्फत जानकारी दिएको छ ।

कोसी ब्यारेजको ढोका खोल्न महराले शनिबार भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई आग्रह गरेको भोलिपल्ट भारतीय विदेशमन्त्रीले टेलिफोन गरेकी हुन् । दूतावासले कोसी, गण्डकी र राप्ती बाँधका भारततर्फका सबै ढोका खुला रहेको जिकिर गरेको छ । दूतावासले बाढीका विषयमा बिहार र उत्तरप्रदेशका अधिकारीसँग सम्पर्कमा रहेर काम गरिरहेको जनाएकोे छ । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved