धुँवा, धुलोमात्रै हैन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अब पूर्वराजाको परिवारले वैकल्पिक बसोबासको रुपमा थाइल्याण्ड रोज्ने भएको छ ।
एक महिना अघि नै त्यता लागेकी हिमानी शाह भदौ २ गते शुक्रबार थाइ एयरको उडानबाट फर्कदैछिन् । यहाँको फेरि ११ गते त्यसतर्फ उड्ने योजना छ ।
उता थाइल्याण्डमा पूर्वराजा ज्ञानेन्द्रको विस्तृत स्वास्थ्य परीक्षण चलिरहेको छ । यही मौकामा दरबार हत्याकाण्डमा परेकी पूर्वराजी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास पनि हुँदै गरेको स्रोतले जनाएको छ ।
मोटाईसँगै मधुमेह र रक्तचाप बढेको कारण तत्काल गोली निकाललन नमिल्ने, तर अझै केही वर्ष गोली भित्रै रहँदा त्यो क्रमशः क्यान्सर बनेर शरीर गाल्ने खतरा छ । अहिले तौल त घटेको छ, तर मधुमेहको आक्रमणसँगै रक्तचाप स्थिर हुन नसक्दा समस्या आएको निर्मलनिवास स्रोतले जनाएको छ । जनआस्था साप्ताहिकमा खबर छ ।