मालपोत कार्यालयको मनपरी, पुँजीगत लाभकर उठाउँदा करोडौं राजस्व छुट

मोहसिन अलि मियाँ

मोहसिन अलि मियाँ

Aug 25, 2017 | 06:31:56 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका मालपोत कार्यालयहरुले घरजग्गा दर्ता गर्दा करोडौं राजस्व हिनामिना गरेको खुलासा भएको छ ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले विभिन्न मालपोत कार्यालयमा यससम्बन्धी छानबिन थालेको थियो । छानबिनका क्रममा पुँजीगत लाभकर उठाउँदा साढे दुई करोड रुपैयाँभन्दा बढी छुट दिएर हिनामिना गरेको देखिएपछि मन्त्रालयले त्यससम्बन्धी सम्पूर्ण फाइल अनुसन्धानका लागि अख्तियार दृुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।

गत आर्थिक वर्ष देशभरबाट २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसमध्ये पुँजीगत लाभकरबाट ४ अर्ब ६२ करोड मात्र उठेको थियो । मन्त्रालयले पुँजीगत लाभकर बढी उठाउनुपर्नेमा कम भएपछि अनियमितता भएको आशंका गर्दै छानबिन थालेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved