वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठलाई बढुवा गर्न विशेष पद

मोहसिन अलि मियाँ

मोहसिन अलि मियाँ

Aug 25, 2017 | 06:46:33 AM मा प्रकाशित

laxmi  sunrise bank

एक वर्षभन्दा लामो समययता अचेत भई उपचार गराइरहेका वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठलाई सरकारले विशेष पद सिर्जना गरी नायब प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी थालेको छ ।

 गृह मन्त्रालयको बढुवा समितिले श्रेष्ठको बढुवाका लागि बाटो खोलेको हो । २०७३ साउन १५ मा धरानस्थित अञ्चल प्रहरी कार्यालयमा ब्याडमिन्टन खेल्दै गर्दा अचानक मुटुको धडकन बन्द भएर उनी बेहोस भएका थिए । त्यसयता श्रेष्ठको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छैन । बेहोस अवस्थामै उनको उपचार जारी छ ।

 घटनाका बेला उनी पूर्वक्षेत्रीय तालिम कार्यालय, विराटनगरमा कार्यरत थिए । २०४६ फागुन २८ गते इन्स्पेक्टर भएका श्रेष्ठका ब्याची सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीसहितका १५ जना एक महिनाअघि नै डीआईजी भएका थिए । श्रेष्ठको लामो समयदेखि धरान र काठमाडौंको निजी अस्पतालमा उपचार गरिएको थियो । मस्तिष्कको तन्तुले काम गर्न नसक्दा उनी प्रतिक्रिया जनाउने अवस्थामा छैनन् । अहिले भने उनको उपचार प्रहरी अस्पतालमा चलिरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved