महिलालाई वित्तिय साक्षरता प्रदान गर्न खल्तीद्धारा स्मार्ट छोरी अभियान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2019 | 05:45:34 PM मा प्रकाशित

laxmi  sunrise bank

दस हजार किशोरी र महिलालाई वित्तिय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले स्मार्ट छोरी अभियान सुरु गरेको छ । यस अभियानले महिलालाई बिभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने खल्तीको लक्ष्य छ ।

स्मार्ट छोरी खल्तीएप भित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो । जहाँ सहभागिहरुले सुचनातथा सञ्चार प्रविधीको सहि सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अन्लाईन  सुरक्षा र वित्तव्यबस्थापनलगायतका कुराहरु सिक्नेछन् । स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५ देखि ३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिलाहरु यो अभियानमा सामेल हुन सक्ने जनाईएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved