'मोको' नामको डिजिटल वालेट सुरु, भिसा कार्ड लिंक गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2021 | 01:38:59 PM मा प्रकाशित

laxmi  sunrise bank

 भुक्तानी सेवा प्रदायक संस्था फोकसवान पेमेन्ट सोलुसनले “मोको” नामको डिजिटल वालेट सेवा आजबाट शुरू गरेको छ। डिजिटल भुक्तानीमा विश्वब्यlपी प्रख्यात भिसासँग साझेदारी गरेर ल्याईएको “मोको” डिजिटल वालेट अनलाइन भुक्तानीमा एक नयाँ परिर्वतन भएको कम्पनीले जनाएको छ  l

यसमा प्रयोगकर्ताहरुले सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न  र एक मर्चेन्ट्मा प्रदर्शित  क्युआर कोड स्क्यान गरेर लेनदेनको लागी भुक्तानी शुरू गर्न सकिने छ। पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेकुरेटी स्ट्याण्डर्ड (PCI DSS) प्रोटोकलद्वारा यो एप सुरक्षित रहेको मान्यता प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ 'यो क्यु आर भुक्तानी को प्रक्रिया ले एक अन्तरक्रिय, सुरक्षित र स्थिर सिस्टम को आवस्यकता लाई सम्बोधन गर्दछ जसबाट प्रयोगकर्ताहरुले एउटा मोबाइल एप  को प्रयोग ले नै QR कोडको माध्यमबाट विभिन्न मर्चेन्ट् आउटलेटहरुमा  भुक्तानी गर्न सक्छन्। '

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका भिसा कार्ड  प्रयोगकर्ताहरुले  अब “मोको” एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरु लिंक गरी खरीद तथा विभिन्न सेवाहरुको  जस्तै- टेलिकम टप अप, इन्टरनेट र बिजुली बिल भुक्तानीको लागि प्रयोग गर्न सक्ने भएका छन् । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक पटक ब्यालेन्स लोड  गरी रहन पर्दैन l

बैंकका अनुसार हरेक समय -”मोको” प्रयोगकर्ताहरुले लेनदेनको समयमा अपलोड गरीएको भिसा कार्ड बीच कुनै पनि कार्ड छनौट गर्न सक्छन्। मोको प्रयोगकर्ताहरुले किनमेल को समयमा एपमा  अपलोड गरिएको कुनै पनि भिसा कार्ड भुक्तानीका लागि छनौट गर्न सक्छन् l अन्तरक्रिय सिस्टम युक्त मोको धेरै बैंक कार्डहरुको लागि एकल डिजिटल एक एकल वालेटको रूपमा कार्य गर्दछ l

भिसाको लागि नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्या बासुले भने , “हामी ”मोको” को साथ स्क्यान-टु-पे सुविधा सुरु गर्न पाउँदा खुसी छौं। भिसाको लक्ष्य सधैँ सबैको लागी सजिलो सेवा सबैमा पुराउनु रहेको छ र सबै प्रति समर्पित एक नेटवर्कको रुपमा हामी डिजिटल भुक्तानीलाई कार्ड प्रयोगकर्ता तथा व्यापारीहरु माझ अधिक सुविधाजनक, सहज र सुरक्षित बनाउन चाहन्छौँ। यो साझेदारीको साथ, हामी विश्वस्त छौं कि नेपालका प्रयोगकर्ताहरु अब आफ्नो भिसा कार्डको विवरण स्मार्टफोनमा प्रयोग गरि ढुक्कले QR पेमेन्ट गर्न सक्छन जुन सेवा व्यlपारीहरुले पनि फाइदा जनक तरिकाले प्रदान गर्न सक्छन्।'

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्र पाण्डेले भने, “नियमकको  QR पेमेन्ट  अनुभवलाई लोकप्रिय बनाउने लक्ष्यलाई ध्यानाकर्षण गर्दै, हामीले, नेपालका  एक भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसन संग सम्झौता गर्दै हाम्रा भिसा कार्ड प्रयोगकर्ताहरुका लागि एक अन्तराष्ट्रिय QR प्लेटफर्म  सुचारु गरेका छौँ ।'

फोकसवान पेमेन्ट सोलुसन सह-संस्थापक र मुख्य कार्यकारी अधिकृत प्रणय राजभण्डारीका अनुसार  ”मोको” , एक पहिलो किसिमको ‘ओपन लुप नन-स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरुले सजिलै आफ्नो कार्ड को विवरण राखी तुरुन्तै प्रयोगमा ल्याउन सक्छन्। कम्पनीले आगामी महिनाहरुमा १० भन्दा बढी अन्य बैंकहरुसंगको सेवा थप गर्नेछन् र  निकट भविष्यमा सबै बैंक र वित्तीय संस्थाहरुमा सेवा विस्तार गर्ने योजना राखेका छौँ ।  ”मोको” एप गुगल प्ले स्टोर र एप्पल एप  स्टोरमा डाउनलोडको लागी उपलब्ध छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved