
 2mb (1).gif)
नमस्ते पे ले आपनो एपमा लोयालिटी कार्यक्रम ल्याएको छ । यसले नमस्ते पे का प्रयोगकर्ताहरूलाई नमस्ते पे का विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउने विश्वास कम्पनीले लिएको छ।
कम्पनीका अनुसार नमस्ते पेको लोयालिटी पोइन्ट्स प्रणाली कुनै प्रयोगकर्ताले एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ। प्रत्येक प्रयोगकर्ताले हरेक १०० रुपैयाँको खर्चमा २ कोइन/पोइन्ट्स पाउनेछन् र प्रत्येक ८ कोइन/पोइन्ट्सको मूल्य १ रुपैयाँ हुनेछ । सेवाहरूको प्रयोग गरेको अनुपातमा, प्रयोगकर्ताहरूले पोइन्ट्स सङ्कलन गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पोइन्ट्स प्रयोग गरी विभिन्न भ्वाइस/डेटा प्याकहरू र टप-अप गर्न सकिने. विभिन्न कुपन/अनलाइन शपिङ भाउचरहरू जित्ने मौका, विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले पोइन्टहरूलाई नमस्ते पैसा वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरू/होटलहरू/ट्रिपहरू र थप डिजाइन गरिएका अभियानहरूमा समेत प्रयोगकर्ताहरूले पोइन्ट्स प्रयोग गर्ने मौका पाउनेछन् ।