टिएमएसमा आइएमई पे बाट कोलेटरल लोड गर्दा स्मार्ट वेल्थ प्रोको सब्स्क्रिप्सनमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2022 | 04:53:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र सोर्स कोड प्रा.लीवीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट दिने सम्झौता भएको छ । आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि एम एसमा लोड कोलेटरल  र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५% छुट पाउने बताएका छन्।

डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल  र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउने छन् । उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

स्मार्ट वेल्थ प्रो शेयर बजार विश्लेषन गर्ने र आफ्नो शेयर पोर्टफोलिओ व्यवस्थापन गर्ने सफ्टवेयर हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved