विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2023 | 03:51:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच विद्युतीय माध्यमवाट सामाजिक सुरक्षा भत्ता वितरण लगायतको व्यवस्थापन गर्न एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी आवश्यक व्यवस्था लागू गर्न सामझदारी भएको छ । यस सम्झौतामा विभागका तर्फबाट विभागका निर्देशक दिल कुमार तामाङ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले दुवै संस्थाका विभिन्न पदाधिकारीहरुको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

हाल नेपाल सरकारको इलेक्ट्रोनिक फण्ड ट्रान्सफरको (EFT) माध्यमबाट सामाजिक सुरक्षा भत्ता विद्युतीय माध्यमबाट सोभै लाभग्राहीको खातामा जम्मा हुने गरी वितरण गर्ने कार्यको थालनी भइसकेको कम्पनीले जनाएको छ । हाल विभागमा ३७ लाख भन्दा बढी लाभग्राहीहरु आवद्ध छन् जसलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिंदै आइएको छ । यस सम्झौता पश्चात लाभग्राहीहरुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको साथै अन्य विभिन्न गैर वित्तीय जानकारीहरु समेत प्राप्त हुने व्यवस्थाको परिकल्पना अनुरुप लाभग्राहीको खाता सम्बन्धी विवरण रुजु गर्ने, लाभग्राहीको नयाँ बैंक खाता खोल्ने, बैंक खातामा रकम जम्मा गर्ने, बैंक खातावाट रकम निकालेको विवरण, लाभग्राहीको ग्राहक पहिचान विवरणको अवस्था, लगतकट्टाको र हिसाब मिलान गर्ने लगायतका सेवाहरु NCHL मार्फत उपलब्ध हुनेछन् । यस कार्यका लागि NCHL को नेशनल पेमेन्ट इन्टरफेश (NPI) अन्तर्गतका विभिन्न उपकरणहरुको प्रयोग हुने र कारोवार सोझै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने एनसीएचएलले जनाएको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको NPI मा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आवद्ध छन् भने पिएसपी / पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध- सरकारी संस्थाहरु लगायतका १०० भन्दा वढी गैर-बैंकिङ संस्थाहरु इन्डाइरेक्ट / प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । मर्चेन्ट बैंकिङ, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोवारहरुलाई डिजिटाइज गर्न NPS अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved