मर्चेन्टहरुलाई ईसेवाको अफर, हरेक हप्ता ५ जनाजनलाई १ महिनाको इन्टरनेट सित्तैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2023 | 12:19:50 PM मा प्रकाशित

laxmi  sunrise bank

ईसेवाले आफ्ना क्युआर मर्चेन्टहरुलाई नयाँ अफर ल्याएको छ। यस अफर मार्फत ईसेवा क्यूआर मर्चेन्टहरूले रु ५०० सम्मको टप-अप तथा हरेक हप्ता ५ जना व्यवसायीले १ महिनाको इन्टरनेट सित्तैमा जित्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो अफर ३ महिनासम्म (भाद्र १५ देखि मङ्सिर १४, २०८०) सम्म चल्ने छ। 

यस अफर मार्फत क्यूआर मर्चेन्ट भएका व्यवसायीहरूले इसेवामार्फत प्राप्त बिजनेस क्यूआर मार्फत भुक्तानी लिएको हुनुपर्नेछ। व्यवसायीहरूले इसेवा बिजनेस क्यूआर सक्रिय भएको पहिलो महिनामै रु. १०० वा सो भन्दा बढिको ३ वा बढि कारोबार क्यूआर मार्फत प्राप्त गर्दा रु. १० देखि रु. ५०० सम्मको टप-अप प्राप्त गर्न सक्ने छन्। साथमा, हरेक हप्ता ५ जना भाग्यशाली मर्चेन्टले रु. १५०० बराबरको एक महिनाको इन्टरनेट प्याकेज पनि जित्न सक्ने इसेवाले जनाएको छ।  

इसेवाका अनुसार ईसेवामार्फत प्राप्त बिजनेस क्यूआर प्रयोग गरी भुक्तानी लिँदा व्यवसायीले आफ्नो इच्छाअनुसार इसेवा खाता वा बैंक खातामा पैसा जम्मा गर्न सक्नेछन्। साथमा, ईसेवा प्रयोगकर्ताले समेत डिजिटल माध्यमको प्रयोग गरी नगद वा चानचुनको झन्झट बिना सजिलै कारोबार गर्न सक्नेछन्।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved