ईसेवाले ल्यायो 'इ स्पिकर', क्युआर भुक्तानी सफल भएको जानकारी बोलेरै दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 01:23:00 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक ईसेवाले 'इ स्पिकर' सेवाको सुरुवात गरेको छ । यो सेवाको सुरुवात संगै  क्युआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्ने छन्। 'इ स्पिकर'ले क्यूआरमार्फत गरेको भुक्तानीको जानकारी तत्कालै आवाजमा बोलेर दिने छ। 

यार्सा टेकसँगको सहकार्यमा इसेवाले यो सेवा सुरु गरेअको हो । इसेवाका अनुसार हाल बजारमा १०० वटा यस्ता डिभाइज पठाईसकिएको छ । बोलेर जानकारी दिने यी स्पिकर नेपाल मै बनेको र  कारोबार हुने बित्तिकैजानकारी दिने इसेवाले जनाएको छ । यस संगै क्युआर मार्फत भुक्तानी गरेपछि एसएमएस कुर्नु पर्ने बाध्यता हटेको छ । 

अहिले नेपाली भाषामा आवाज आउने  र छिट्टै मैथुली भाषामा पनि आउने गरि अपग्रेड गरिने इसेवाले जनाएको छ । यसमा अन्य सुविधा पनि थपिदै लगिने कम्पनीले जनाएको छ । भारतमा यो प्रविधि पहिले देखि नै रहेको र अब नेपालमा पनि सुरु भएको इसेवाले जनाएको छ ।

 इसेवाका अनुसार  मर्चेन्टहरुले ४ हजारमा यो डिभाइज लिन सक्ने छन् । डिभाइज डाटा र वाईफाई गरि २ वटा मोडलमा रहेको छ । यस सिस्टमले बिहान देखि कति कारोबार भयो भन्ने जानकारी दिने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved