नेपालपे मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 02:40:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एक महिनाका लागि NEPALPAY Instant मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने भएको छ । कात्तिक १ गतेदेखि कात्तिक ३० गतेसम्म NEPALPAY Instant मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपालीहरुको महान पर्व दशैं तथा तिहारको अवसरमा कम्पनीले यस्तो योजना ल्याएको छ । जसमा बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरू योजनामा सहभागी हुन पाउने जनाइएको छ ।

NEPALPAY Instant मार्फत बैंक / वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक वा connectIPS मा लाभग्राहीको रजिष्टर्ड मोबाइल नम्बरको आधारमा फण्ड ट्रान्स्फर गर्न सकिन्छ । हाल NEPALPAY Instant को सुविधा connectIPS, बैंकका मोबाइल बैंकिङ्ग एपहरु तथा CellPay, HamroPay र MORU लगायतका वालेटहरुमा उपलब्ध रहेको छ ।

NEPALPAY Instant मा लाभग्राहीको Virtual Private Address (VPA) को आधारमा फण्ड ट्रान्स्फर वा भुक्तानी गर्न सकिन्छ । कम्पनीका अनुसार लाभग्राहीको मोबाइल नम्बर प्रयोग गरेर फण्ड ट्रान्स्फर गर्न सकिन्छ र यसको लागि बैंक खाताको विवरण आवश्यक पर्दैन ।

NEPALPAY Instant मार्फत फण्ड ट्रान्स्फर गर्दा ग्राहकहरूले नेटवर्क छनोट गरी लाभग्राहीको मोबाइल नम्बर प्रविष्ट गरेर मोबाइल बैंकिड्ड एप वा वालेट वा connectIPS बाट ट्रान्स्फर गर्न सकिने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved