देश विकासका लागी युवा लक्षित प्रतिस्पर्धात्मक उद्योग व्यवसाय आवश्यक: प्रम ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2021 | 07:12:28 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासका लागी युवा लक्षित प्रतिस्पर्धात्मक उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औँ साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उद्योग,व्यवसायलाई र चेम्बरलाई सफल बनाउँन सरकारको तर्फबाट के के आवश्यक पर्छ सहयोग गर्ने बताएका  हुन् ।

नेपाल चेम्बर अफ कमर्सलाई देशलाई अझ बढि योगदान पुर्याउन सकोस् भन्दै ओलीले शुभकामना दिएका छन् ।

उनले देशको विकास हुन हरेक व्यक्ति, हरेक क्षेत्रको विकास हुनुपर्ने र त्यसका लागी नयाँ, विकसीत, प्रविधिमैत्री र उच्चस्तरीय व्यापार व्यावसाय प्रणालीको अवलम्बन गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने “हामी गर्छौ, म गर्छु र कसले बनाउँछ देश भन्दा म बनाउँछु भन्ने सोच हामी सबैमा हुनुपर्छ । एउटाले एउटा उद्योग चलाउँछ, अर्कोले अर्को व्यवसाय चलाउँछ यसरी हरेक ठाउँबाट हामी उठ्छौ र हाम्रो देश हामी बनाउँछौ” । उनले आत्मविश्वासका साथ मैदानमा उत्रीएर काम गरे देश बन्ने बताएका छन्। 

उद्योग व्यवसायलाई विस्तार गरी निर्यात बढाएर आयातलाई प्रतिस्थापन गर्न सके आर्थीक उन्नति हुने उनको भनाई छ । कोरोना महामारीले नेपालको अर्थतन्त्रमा अन्य मुलुकमा भन्दा कम धक्का पुर्याएको भन्दै उनले यसलाई सुदृढिकरण गरेर अर्थतन्त्रको स्तरउन्नति गर्न सबै जुटेर लागे समय नलाग्ने बताए । 

सरकारको उद्देश्य समृद्ध नेपाल र नेपाली जनता सुखी बनाउँने भएको भन्दै सत्यसँग नलड्ने र शक्ति सँग नझुक्ने दर्शनलाई आत्मसाथ गरेर इमानका साथ काम गर्नपर्ने बताए । देश विकासमा सबैको उत्तिकै भुमिका हुने भन्दै उनले राजनीतिज्ञ, व्यापारी, उद्यमी सबै सत्यको मार्गमा हिड्न र इमान्दारीता अपनाएर काम गर्न आग्रह समेत गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved