नाडाद्वारा गण्डकीमा बढाईएको सवारी कर र जाचँपासको अव्यवहारिक नीति खारेज गर्न माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2022 | 05:04:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले गण्डकी प्रदेशले बढाएको सवारी कर र जाँचपासको अव्यवहारिक नीति खारेज गर्न माग गरेको छ ।

नाडाले गण्डकी प्रदेश सरकारले हालै जारी गरेको बजेट वक्तव्यमार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी मात्राको बृद्धि तथा ६(६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने अव्यवहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति अविलम्व खारेज गरि पुरानै व्यवस्था कायम गर्न माग गरेको छ ।

केही महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसि सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमति समेत भईसकेको तर, सहमति विपरित अहिले आएर गण्डकी प्रदेश सरकारले मात्र एकतर्फी रुपमा भारी मात्रामा सवारी कर बृद्धि गर्नुका साथसाथै ६(६ महिनामा सवारी जाचँपास गर्नुपर्ने झन्झटिलो नीति ल्याएकाले तत्काल यी दुबै नीति खारेज गर्न नाडाले माग गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved