भृकुटीमण्डपमा रोजगार तथा सीप मेला हुदै, २०० बढी कम्पनीको सहभागिता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2022 | 10:22:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघको शिक्षा परिषद्र रोजगारदाता परिषद्को संयोजनमा 'सीएनआई रोजगार तथा सीप मेला २०७९’  हुने भएको छ । मेलाले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने परिसंघले जनाएको छ।

यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहद छलफल पनि हुने परिसंघले जनाएको छ । मेला आगामी कार्तिक १७ गतेदेखि २० गतेसम्म  काठमाडौंस्थित भृकुटीमण्डपमा हुने छ ।

मेलाबाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकता बीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने, सरकार तथा अन्य सरोकारवालाहरूलाई रोजगारदाता र रोजगारीको खोजिमा रहेकाहरुको आवश्यकतामा काम हुने , र नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताहरूको पहिचान हुने परिसंघको विश्वास छ ।

मेलाको आकर्षणको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता, सीप विकास सम्बन्धी विभिन्न विषयमा वृहद छलफल, सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुती र आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क÷छलफल रहेको परिसंघले जनाएको छ। 

तीन दिने मेलामा २०० भन्दा बढी कम्पनीहरु सहभागि हुने परिसंघको विश्वास छ । कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजार भन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा परिसंघको रहेको छ।

परिसंघले भनेको छ 'मुलुकमा हरेक वर्ष न्यूनतम ५ लाख व्यक्तिहरु रोजगारीको खोजिमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग गरिरहेको पनि देखिन्छ । तर, एकातर्फ आवश्कता अनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजिमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ । यस्तै कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था पनि विद्यमान छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन ? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ ? यिनै विषयमा केन्द्रित रहेर मेला आयोजना गर्न लागिएको हो ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved