'अर्थमन्त्रीले आफ्नो बेटिंङ गर्नुहुन्न, सेयरबजारका हल्लाखोरहरुसँग शर्तक हुनुहोस्'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 11:18:30 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशमा मात्र होइन नेपालमा पनि सेयरबजारको इन्डेक्सलाई आफ्नो गरिमा बढेको मान्ने चलन छ। म नेपाल राष्ट्र बैंकको गभर्नर रहंदा नेपालका एक जना अर्थमन्त्रीले नेप्से इन्डेक्स (नेपालको सेयरबजार मापन गर्ने सूचक) ८०० बाट तल आउनबाट रोक्नुपर्छ भन्नु भएको थियो। 

तर मेरो बुझाई भनेको नेप्से इन्डेक्ससंग अर्थमन्त्रीले आफुलाई बेटिंङ (दाउ) गर्नुहुन्न। बजारको आधारभूत सिद्दान्तले सेयरबजार चल्छ र हामीले त्यसलाई बिग्रिने वातावरण बनाउन हुदैन। 

के कारणले सेयरबजार बिग्रिन्छ वा तल जान्छ ? आर्थिक वृद्धिदर कम्जोर भयो भने, मुल्य वृद्धिदर अत्यत्न माथि गयो भने, सरकारले करको दर अत्यन्त बढायो भने, अनि राजनीतिक अस्थिरता भयो भने। यो मध्ये केहि पनि भएको छैन, उल्टै निरन्तर ३ बर्षदेखि आर्थिक वृद्धिदर ऐतिहासिक रुपमा बढिरहेको छ, ५,६ हुँदै साढे ७ मा पुगेको छ, यस्तो अवस्थामा सेयरबजार तल किन जानुपर्ने ?

केहि समय अगाडी बजारमा क्षणिक अवस्थामा तरलता अभाब देखिएको हुँदा त्यसलाई आधार बनाएर बजारमा खेलिएको हो, तर अहिले बजारमा पैसा फालाफाल छ, बढी पैसा भएकैले राष्ट्र बैंकले अरबौं रुपैयाँ प्रसोचन गरेको छ। 

बजारलाई अलिकति उत्तेजित बनाएर मुल्य माथि पुर्याउने र सेयर बेचेर निस्किने अनि बाहिर बसेर हल्ला गरेर सेयरबजारलाई तल ल्याउने अनि फेरी सेयर किन्ने हल्लाखोरहरुबाट सतर्क हुनुपर्छ। सेयरबजारमा लगानीकर्ताहरु हल्लाको पछाडी लाग्नु हुदैन। नाफा दिने कम्पनीमा लगानी गर्ने हो भने लगानी सुरक्षित छ तर घाटामा गएको, कारोबार पारदर्शी नभएको कम्पनीको सेयर महँगोमा किन्नेहरुलाई अर्थमन्त्रीले कसरि बचाउन सक्छ ?

सेयरबजारप्रति म सकारात्मक छु, सकारात्मक नै बोल्दै छु। हामीलाई राष्ट्रिय पुंजी निर्माण गर्नुछ। पुंजीबजारको विकास गर्नुछ। त्यो राष्ट्रिय पुंजी निर्माण गर्न सेयरबजारको ठुलो भूमिका छ। मान्छेको बचत पुँजीकरण हुन्छ। त्यसको आधारमा व्यवसाय संचालन गर्न र उद्योग संचालन गर्न ऋण मात्र लिनुपर्ने अवस्था रहँदैन। त्यसरी उद्योग व्यवसाय संचालन गर्नका लागि पुंजी निर्माण तथा परिचालन गर्न सेयरबजारको महत्त्वपूर्ण भूमिका हुन्छ, त्यो भूमिका निर्माण गर्न सेयर किन्नेको पनि भूमिका हुन्छ। 

मैले कुनै कम्पनीको सेयरमुल्य यति हो भनेर तोकिदिने हो र ? बिश्वका कुनै पनि देशका अर्थमन्त्रीले यो कम्पनीको सेयर मुल्य यति हो यति पुग्न पर्छ र यति पुर्याउछु भन्दैन। हामीले त वातावरण मात्र बनाइदिने हो। सेयरबजारलाई कुसल र पारदर्शी रुपले संचालन गर्नका लागि सम्भवत: मेरो बजेटमा सबै भन्दा बढी सेयरबजार सुधारका कुरा छन। त्यसलाई पढेर लगानीकर्ताले बुझ्नुपर्छ।    

मेरो कार्यकालमा अर्थतन्त्रमा भएका राम्रो कुराको रिफ्लेट सेयर सेयरबजारमा स्वत हुन्छ। हामीले कहिलेको आधारलाई लिएर सेयर बजार घटेको भनेका छौँ त्यो पनि यकिन गर्नुपर्छ। हिजो तरलता अभाबको बिशेस परिस्तिथि थियो, त्यसलाई अहिले आधार बनाउन मिल्दैन। 

नेपालमा सजिलै आम्दानि हुने घर, जग्गा र सेयरको कारोबारमा म नकारात्मक छु भन्ने गलत हो। मैले कुनै पनि व्यवसायलाई अनुत्पादक भन्दिन। उत्पादक अनुत्पादक के हो भन्ने कुरा त्यसको अन्तिम प्रयोगमा निर्भर हुन्छ। घर, गाडी, जग्गा, सेयर जे भएपनि त्यसको अन्तिम प्रयोगले त्यो उत्पादक हो कि अनुत्पादक हो भन्ने बुझाउँछ। जे भएपनि त्यो उत्पादनसंग जोडिन पर्छ। उत्पादक शक्तिलाई बिकासतर्फ लगायौं भने ति सबै उत्पादक हुन्छन तर अनुत्पादक तर्फ लगायौं भने हामीले प्रयोग गर्ने उत्पादक शक्ति पनि अनुत्पादक नै हुन्छन।  

(जनतासंग प्रधानमन्त्री कार्यक्रममा अर्थमन्त्री ड़ा युबराज खतिवडासंग गरिएको कुराकानीको सम्पादित अंश)


भिडियोमा २६ मिनेटपछि करिब ३२ मिनेटसम्म शेयरबजार बारे गरिएको कुराकानी हेर्न सक्नुहुन्छ     

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved