सेन्चुरी कमर्शियल बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 11:24:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको चैत्र ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २ प्रतिशत बोनस शेयर र ४।५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले १६ करोड ५० लाख ९ हजार २ सय ४७ रुपियाँको बोनस र ३७ करोड १२ लाख ७० हजार ८ सय ५ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी ८ अर्ब २५ करोड रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved