नाडेप लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 10:33:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड NADEP Laghubitta Bittiya Sanstha Limited  को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। लघुवित्तले यहि बैशाख २६ गते हुने चौथो बार्षिक  साधारणसभाको लागि बैशाख ९ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। सोहि आधारमा बैशाख ८ सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन पाउनेछन भने लाभांश समेत पाउनेछन। 

लघुवित्तले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनलाई १.५८ प्रतिशत नगद लाभांश प्रस्ताब साधारणसभामा लैजादैछ। अन्य प्रस्ताबमा सर्वसाधारणबाट २ जना संचालक चयन गर्ने, संचालक समितिलाई मर्जर तथा एक्विजीसनलाई अधिकार दिने लगायत छन। 

नाडेपले हालै मात्र शतप्रतिशतका दरले हकप्रद बिक्रि गरेको छ। बिक्रि भएका हकप्रद सेयरको दोस्रो बजारमा सुचिकृत भईसकेको छ। शतप्रतिशत हकप्रद समायोजन पश्चात सेयरधनीहरुले १५ प्रतिशत बोनस पाउने भएका हुन। १५ प्रतिशत बोनस सेयर वितरण पश्चात लघुबित्तको चुक्ता पुंजी ३६ करोड ८० लाख पुग्नेछ।    

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved