लाइफ इन्स्योेरेन्स कर्पोरेसन नेपाल (एलआईसी) ले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले लगानीकर्तालाई ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको मंगलबार बेलुका बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ३४.४६२६ प्रतिशत बोनस सेयर र ३५.५३७३ प्रतिशत नगद लाभांश गरी कुल ६९.९९९९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट यो लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४९ करोड रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब नाघ्ने छ ।
कम्पनीले २०७३/७४ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश बिमा समितिले स्वीकृति गरेको थिएन। त्यस समय कम्पनीले ३६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेकोमा समितिले स्वीकृत नगरी पुन पेश गर्न निर्देशन दिएको थियो । दोस्रो पटक कम्पनीले १२ प्रतिशत मात्र बोनस प्रस्ताव गरेको थियो ।