ग्रामिण विकास लघुवित्तको लिलामको शेयरमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 06:06:12 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामिण बिकास लघुवित्त वित्तीय संस्थाले लिलाममा राखेको शेयरमा आवेदन दिने आज साउन १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन ८ देखि ५ लाख कित्ता बढी शेयर लिलाममा राखेको हो ।

कम्पनीले  हकप्रदमा अवितरित ५ लाख ८२ हजार ८ सय ४४ कित्ता शेयर लिलाममा ल्याएको हो । जस मध्ये ३ लाख ९२ हजार ३ सय ९३ कित्ता संस्थापक शेयर रहेको छ भने बाँकि १ लाख ९० हजार ४ सय ५१ कित्ता सर्वसाधारण समुह तर्फको शेयर रहेको छ । लिलाम प्रक्रियाको लागि एनआईबिएल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले बैशाख २७ देखि जेठ ३० गते सम्म  एक सय बराबर पचास कित्ता अर्थात ५० प्रतिशतका दरले  ३२ लाख ७५ हजार कित्ता हकप्रद निष्काशन गरेको थियो । जस मध्ये रित पुर्वक आवेदन दिने ५० हजार २ सय ८७ शेयरधनीलाई २६ लाख ९२ हजार १ सय ५६ कित्ता बाँडफांड गरिएको बिक्रि क्यापिटलले जनाएको छ । बाँकि रहेको शेयर लिलाम गर्ने भएको हो । 

हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९८ करोड २५ लाख पुग्नेछ। हाल लघुवित्तको चुक्तापुंजी ६५ करोड ५० लाख रहेको छ। 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved