विश्व सेयरबजारमा ११ बर्ष यताकै ठुलो गिरावट, नेपालमा कस्तो प्रभाव पर्ला ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 09, 2020 | 09:19:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको त्रास कायममै रहँदा साउदी र रुसबीच तेलको मुल्यमा भएको युद्दले सोमबार विश्वका सेयरबजारमा भारी गिरावट आएको छ। सोमबार देखिएको गिरावटलाई सन् २००८ को आर्थिक संकटपछिको पहिलो संकट अर्थात कालो दिनको रुपमा हेरिएको छ। 

कोरोनाका कारण कमजोर बनिरहेको विश्वको वित्तीय बजारलाई ओरालो लाग्न साउदी र रुसबीचको तेलको मुल्यमा भएको प्रतिस्पर्धाले थप सघाएको छ। तेलको मुल्यमा आएको गिरावट र कमजोर आर्थिक डाटाका कारण सोमबार विश्व भरका सेयरबजारमा भारी गिरावट आएको विश्लेषण गरिएको छ।

जापानको निक्केइ सूचक पाँच प्रतिशतसम्मले घटेको छ भने अष्ट्रेलियाको एएसएक्स ७.३ प्रतिशतले घटेको छ। विश्व सेयर बजारमा आएको यस प्रकारको गिरावट २००८ को आर्थिक मन्दी पछिको पहिलो हो। 

विश्व बजारमा देखिएको गिरावटको प्रभाव भारतीय बजारमा पनि देखिएको छ।  भारतीय सेयर बजारको सूचक सेन्सेक्स पनि सोमबारको सुरुवातमा १६०० अंकले घटेको छ भने निफ्टिमा ४५३ अंकको गिरावट आएको छ।  तर दिउँसो १ बजेसम्म भारतीय बजारमा २००० अंकको गिरावट आयो भने निफ्टि ५४७ अंकले घट्यो। 

तेल उत्पादक देशका समुह ओपेक र रुस बीच तेलको मुल्यलाई लिएर देखिएको टकराब अझैं बढ्न सक्ने अनुमानले विश्वको सेयरबजारलाई ससंकित बनाएको छ। 

त्यस्तै चीनको निर्यातमा आएको गिरावट र जापानी अर्थव्यवस्था खुम्चिदाको असर एशियाको सेयरबजारमा देखिएको छ। सोमबारको तेलको मुल्यमा तीस प्रतिशतसम्मको गिरावट आएको छ। यो १९९१ मा भएको खाडी युद्द पछि तेलको मुल्यमा देखिएको सबैभन्दा ठुलो गिरावट हो। 

तेल के दाम में कमी

सोमबार उर्जा कम्पनीका सेयर मुल्यमा पनि ठुलो असर परेको छ। अष्ट्रेलियामा सुचिकृत तेल कम्पनी आयल सर्चको सेयर ३१ प्रतिशतसम्मले घट्यो भने उर्जा फर्म सान्तोसको सेयर मुल्यमा २७ प्रतिशतसम्मको गिरावट आएको छ। 

चीनको बुहानमा देखिएको कोरोना भाइरस विश्वभर फैलिने क्रममा रहेकाले विश्वभर तेलको मागमा कमि आएको छ।  कोरोना भाइरसको असर ट्राभल कम्पनी तथा होटलमा धेरै परेको छ। 

तेल उत्पादक देशहरुको समुह ओपेक तेलको उत्पादन कम गर्नको लागि रुससँग सम्झौता गर्न असफल भएका छन् । रुसले आफ्नो उत्पादनमा कमी ल्याउँदा मुल्यमा स्थिरता आउने ओपेकका सदस्यको मान्यता रहेको छ। ओपेक र रुसबीच यहि बिषयमा सहमति नजुट्दा त्यसको प्रभाव विश्वको सेयरबजारमा देखिएको हो। 

तेलको बिषयलाई लिएर रुस र ओपेकबीच भएको मतभेदको असर साउदी अरबको सेयरबजारमा पनि देखिएको छ। साउदी सरकारको तेल कम्पनी आरामको सेयर एक समय आफ्नो सुरुवाती मुल्य भन्दा पनि तल झरेको थियो। कोरोना भाइरसलाई लिएर तेलको मुल्यमा देखिएको गिरावटको कारण आरामको सेयर पहिल्यै ११ प्रतिशतसम्मले घटेको छ। 

Image result for oil price war

साउदी अरब र रुसबीच तेल उत्पादनलाई लिएर सुरु भएको मतभेदको असर तेलको मुल्यमा पर्ने निश्चित छ। साउदीले पहिलेनै आगामी अप्रिलमा तेल उत्पादन एक करोड ब्यारेल प्रतिदिन बनाउने घोषणा गरिसकेको छ। यसको सिधा असर तेलको मुल्यमा पर्नेछ भने त्यसको प्रभाव विश्वका सेयरबजार त्यसमा पनि तेल उत्पादक तथा उर्जा कम्पनीको सेयर मुल्यमा देखिने विश्लेषण गरिएको छ। 

कोरोना भाइरसको त्रास विश्वभर फैलिरहेको बेला त्यसको असर नेपालमा समेत देखिन थालेको छ। नेपाली बजारमा मास्क तथा सेनिटाईजरको अभाव देखिएपनि यसलाई नेपालीको मनोविज्ञान र प्रवृतिसँग जोडिएको छ। निर्यातमा आधारित भएपनि भारतीय मुद्रामा नेपालको अर्थतन्त्र निर्भर रहेकाले विश्व बजारमा देखिएको तिब्र उतारचढावको प्रत्यक्ष असर नेपालमा कम नै देखिने गरेको छ। 

Image may contain: Ambika Prasad Paudel, sitting

विश्वको सेयरबजारमा सोमबार ठुलो गिरावट आएपछि नेपालको सेयरबजारमा कस्तो प्रभाव रहला भन्ने चाँसोको बिषय बनेको छ। बिगतको ट्रेन्ड हेर्दा नेपालको पुंजी बजारले विश्व बजारलाइ पछ्याएको नदेखिएको र विदेशी लगानी र लगानीकर्तासँग नजोडिएकाले सोमबार विश्व सेयर बजारमा देखिएको गिरावट नेपालको सेयर बजारमा नपर्ने सेयरविश्लेषक तथा सँस्थागत लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बताएका छन्। 

उनकाअनुसार बिगतको जस्तो अवस्था अहिले नरहेको र सोसियल मिडिया र इन्टरनेटका कारण सबैको पहुँच विश्वको गतिविधिसँग पुग्ने भएकाले नेपालका लगानीकर्ताको मनोविज्ञानमा केहि असर पर्न सक्नेछ तर त्यो क्षणिक हुनेछ।  विश्वको सेयरबजारमा देखिएको कोरोना र तेलको फ्याक्टर नेपाली बजारमा नदेखिएकाले सेयरबजारमा समेत त्यसको असर नपर्ने पौडेलको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved