शेयर बजारको समस्याबारे अर्थमा छलफल, ४ विषयमा जुट्यो सहमति

२ हप्ता भित्र सिस्टम अडिटको टेण्डर
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2020 | 05:05:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको शेयर कारोबार ब्यबस्थापन प्रणालीबारे आज सोमबार अर्थ मन्त्रालयमा छलफल भएको छ । अर्थ मन्त्रालयले आज नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई बोलाएर छलफल गरेको हो  ।

बोर्ड अध्यक्ष ढुंगानाले मन्त्रालयमा राम्रो छलफल भएको र शेयर बजारको समस्या बारे मन्त्रालय पनि गम्भीर भएको बताए  । उनका अनुसार आजको छलफलले मुख्यत: ४ विषयमा सहमति गरेको छ  ।

नेप्सेको कारोबार प्रणालीमा देखिएको समस्या समाधानको लागि नेपालमा रहेको नेप्सेको आईटी टिम र भारतको आईटी टिमसँग समन्वय गरी अहिले देखिएका समस्या आगामी बिहिबारसम्म समाधान गरि सक्ने र आइतबारबाट कुनै समस्या नआउने सुनिश्चितता गर्ने सहमति भएको छ ।

त्यस्तै नेप्सेको हार्डवेयर र सफ्टवेयरको स्तरउन्नति गरी पहिलो चरणमा ४ देखि ५ लाख लगानीकर्ताले एकै साथ कारोबार गर्दा समस्या नआउने र दोस्रो चरणमा १० लाख लगानीकर्ताले कारोबार गर्दा समस्या नआउने गरि सिस्टम बनाउने सहमति भएको छ ।

नेप्सेको अनलाइन कारोबार प्रणालीको सिस्टम अडिट गर्नु पर्ने भएकोले त्यसको लागि नेप्सेले २ हप्ता भित्र सिस्टम अडिटको लागि अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने सहमति भएको छ ।

त्यस्तै नट्स र टिएमएसलाई छुट्याउने तथा ब्रोकरको तर्फबाट पनि टिएमएसलाई ब्य्बस्थित बनाउनको लागि कार्य गर्ने र क्रमश टिएमएसबाट रियल टाइम सेटलमेन्टको ब्यबस्था गरिने सहमति भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved