मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha ले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ बाट वितरण गरिने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १६.९३९९ प्रतिशतले हुन आउने १४ करोड ४८ लाख ६० हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८९१६ प्रतिशतले हुन आउने ७६ लाख २४ हजार २ सय १० रुपैयाँ ५३ पैसा बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रहेको छ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।