शेयर बजार घट्नुका ५ महत्त्वपूर्ण कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 03:47:21 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजारमा नकारात्मक सर्किट लागेपछि आज आइतबारको शेयर कारोबार समय अगावै बन्द भएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से सूचक २ बजेर १३ मिनेटमा ६ प्रतिशतले घटेपछि आजको लागि कारोबार बन्द भएको हो । 

आज सूचक ६ प्रतिशत अर्थात १२३.३४ अंकले घटेर १९३२.११ अंकको बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जानकारहरुका अनुसार आजको बजार घट्नुमा कुनै एउटा मात्र कारण नभई विभिन्न कारणहरु छन् ।

१. राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको थियो । उक्त समीक्षामा राष्ट्र बैंकले 'शेयर धितो कर्जा तथा रियल स्टेट कर्जामा पुनरावलोकन गर्ने' उल्लेख गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर मार्जिन कर्जा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको थियो । राष्ट्र बैंकले पुनरावलोकन गर्ने भनेपछि यो दर पुन: घट्ने लगानीकर्ताको बुझाई छ। लगानीकर्ता संघहरुले समेत मार्जिन दरलाई अहिले नचलाउन माग गर्दै राष्ट्र बैंकमा संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । राष्ट्र बैंकले मार्जिन दर घटाउने संकेत पाएपछि लगानीकर्ता आत्तिएको र त्यसको असर बजारमा परेको जानकारहरु बताउछन् ।

२. धितोपत्र बोर्डको विज्ञप्ति

नेपाल धितोपत्र बोर्डले केहि समय अगाडी बजारमा सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई अनुरोध गरेको थियो । बजार बढेको बेलामा यसरी सजग हुनु आग्रह गर्दै विज्ञप्ति निकाल्नुलाई जानकारहरुले 'अनावश्यक हस्तक्षेप' भनेका छन् । बजारलाई खुला छोडीदिनु पर्नेमा बोर्डले अनावश्यक रुपमा विज्ञाप्ति निकाल्दै बजार घटाउन खोजेको आरोप लागेको छ ।

३. ब्ल्याक मनिको हल्ला

बजार निरन्तर बढेर अल टाइम हाई पुगेको बेला एकाएक नेपाल धितोपत्र बोर्डले बजारमा कालोधन भित्रिएको आशंकामा नेप्सेलाई छानविन गर्न निर्देशन दिएको हल्ला चल्यो । नेपाल धितोपत्र बोर्डका प्रबक्ता निरज गिरिले भने बिजपाटीसंगको कुराकानीमा त्यस्तो कुनै पत्र नपठाएको बताएका थिए । ब्ल्याक मनीको छानविनको हल्लाले पनि बजार घटेको जानकारहरु बताउछन् ।

४. बैंकमाथि राष्ट्र बैंकको नजर

पछिल्लो समय बैंकहरुले पनि बजारमा अश्वभाविक लगानी गरेको र नेपाल राष्ट्र बैंकले त्यसमाथि छानविन गर्ने तयारी गरेको चर्चा बजारमा छ । यसले पनि बजार घटाउनमा बल दिएको जानकारहरुको बुझाई छ ।

५. नाफा बुक

लामो समय बजार निरन्तर उकालो लागेको र मुल्यपनि उच्च बिन्दुमा पुगिसकेकोले लगानीकर्ता तथा कारोबारीले नाफा बुक गर्न ठुलो मात्रमा शेयर बिक्रि गरेकोले बजार घटेको जानकारहरु बताउछन् ।

यो पनि : आफ्नो कारणले शेयर बजार घटेको आरोप लागेपछि यसो भन्छ राष्ट्र बैंक

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved