चिलिमेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 09:37:16 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे जलविद्युत कम्पनी Chilime Hydro power Company Limited  को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ देखि पुस १२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको आज मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउन सक्ने छन् ।

कम्पनीले पुस १२ गते कम्पनीको रजिस्टर्ड कार्यालय धुम्बाराहीबाट भर्चुअल माध्यम मार्फत हुने गरि सभा आह्वान गरेको हो । कम्पनीको साधारणसभा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ  । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

त्यस्तै कम्पनीको साधारणसभामा संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्त गरी निजको पारिश्रमिक तोक्ने , र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved