सबैभन्दा बढी लाभांश घोषणा गरेको नबिल बैंकले डाक्यो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 08:40:09 AM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरु मध्ये कै सबैभन्दा बढी लाभांश घोषणा गरेको नबिल बैंक Nabil Bank Limited  ले  साधारणसभा आह्वान गरेको छ  । बैंकले पुस २९ गते बुधबार आफ्नै केन्द्रीय कार्यालय कमलादीमा भर्चुवल माध्यमबाट सभा आह्वान गरेको हो।

साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले हाल कायम चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश गरि कुल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारण सभाले पारित गरेपछि उक्त  लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

 त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, सहायक कम्पनी नबल इन्भेष्टमेन्टको विवरणहरु पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सर्बसाधारण समुहबाट संचालकमा प्रतिनिधित्व गर्ने २ जनाको निर्वाचन गर्ने, गाभ्ने गाभिने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने रविदेशी रणनीतिक साझेदारीमा जानको लागि आवश्यक कार्य गर्ने जिम्मा संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १५ देखि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved