दोर्दिखोला जलविद्युत कम्पनीले आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2020 | 09:03:08 AM मा प्रकाशित

laxmi  sunrise bank

दोर्दिखोला जलविद्युत कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपिओ निष्काशन प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ ९ गते शुक्रबार सभा आह्वान गरेको हो ।

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

यस कम्पनीले लमजुङमा १२ मेगावाटको दोर्दी १ आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा लमजुङ इलेक्ट्रीसिटी डेभलपमेन्ट कम्पनीको ८४.९५ प्रतिशत लगानी छ । सभामा आयोजनाको लागि थप ऋण लिने प्रस्ताव समेत पेश हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved