किनेकै दिन शेयर बेच्न कति सम्भव ? नेप्सेले थाल्यो अध्ययन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 04:20:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'इन्ट्रा डे' कारोबारको सम्भाव्यता अध्ययनको लागि कमिटी गठन गरेको छ । नेप्सेले  कायम मुकायम सहायक प्रबन्धक मुराहरी पराजुलीको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन गरेको हो 

कमिटीमा सिडीएस, ब्रोकर संघ र मर्चेन्ट बैंकर्स संघका एक एक जना प्रतिनिधि सदस्य रहने छन्। कमिटीले अध्ययनको लागि २ महिनाको समय पाएको छ 

संयोजक पराजुलीका अनुसार यस अवधिमा कमिटीले नेपालको पुँजीबजारमा 'इन्ट्रा डे' संचालन गर्न सम्भव हुन्छ कि हुदैन तथा सम्भव हुन्छ भने के के थप ब्यबस्था गर्नु पर्छ भन्ने बारे अध्ययन गरि प्रतिवेदन बुझाउने छ 

हाल  'इन्ट्रा डे' संचालनको कानुन नै छैन। यसको लागि के के कानुनी ब्यबस्था गर्नु पर्छ, के के प्राविधिक ब्यबस्था गर्नु पर्छ, के के संरचना थप निर्माण गर्नु पर्छ लगायतका विषयमा कमिटीले अध्ययन गर्ने छ । ब्रोकर तथा लगानीकर्ताहरुले बजारलाई चलायमान बनाउनको लागि 'इन्ट्रा डे' कारोबार खुलाउन माग गर्दै आएका छन्

  'इन्ट्रा डे' भनेको शेयर किनेकै दिन बेच्न मिल्ने ब्यबस्था हो। हाल लगानीकर्ताको डिम्याट खातामा शेयर आएपछि मात्र बेच्न मिल्ने नियम छ । शेयर राफसाफको लागि हाल टि प्लस ३ अर्थात कारोबार भएको दिन बाहेक थप ३ दिन तोकिएको छ । सो अवधिपछि  मात्र शेयर खातामा आउंछ । 

  'इन्ट्रा डे' कार्यान्वयनमा आए शेयर खातामा नआउदै बेच्न सकिने छ । शेयर खातामा नआउदै बेच्न मिल्ने ब्यबस्थालाई सर्ट सेल पनि भनिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved