२७ प्रतिशतले बढ्यो सिटिजन्स बैंकको नाफा, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 08:35:16 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष (७७/७८) को दोस्रो त्रैमासमा सिटिजन्स बैंक Citizens Bank International Limited को खुद नाफा २७.२६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७६/७७ को दोस्रो त्रैमासमा बैंकले ६८ करोड ७७ लाख नाफा कमाएकोमा चालु आर्थिक  वर्षको दोस्रो त्रैमासमा ८७ करोड ५१ लाख खुद नाफा कमाएको हो ।  

बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८० लाख रहेको छ ।  

बैंकको निक्षेप १८.८५ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब पुगेको छ भने कर्जा प्रवाह ११.२७ प्रतिशतले बढेर ८७ अर्ब ८७ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १२.३९ प्रतिशतले बढेर १ अर्ब ६१ करोड पुगेको छ । ९ अर्ब ८१ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब ३१ करोड रहेको छ । 

बैंकको खराब कर्जा ०.९९ प्रतिशतबाट बढेर २.४२ प्रतिशत पुगेको छ भने प्रति शेयर आम्दानी १७.८३ रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ १४३.९५ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १६.५५ गुणा, बेस रेट ८.२५ प्रतिशत, स्प्रेड दर ४.०८ प्रतिशत, कोषको लागत ६.३८ प्रतिशत, र सिसिडि ७२.९१ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved