ग्रिनलाइफले पायो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 04:06:54 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रिनलाइफ हाइड्रोपावरले सर्बसाधारणलाई आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २ गते अनुमति प्रदान गरेको हो 

कम्पनीले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । यस अघि कम्पनीले  आयोजना प्रभावित स्थानीयको लागि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो  । जस मध्ये  १६ लाख ९६ हजार ४ सय कित्ता आईपिओ बिक्री हुन सकेको थिएँन । कम्पनीले स्थानीयले खरिद नगरेको कित्ता समेत थपेर सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो । 

 शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved