३ कम्पनीको १ लाख २० हजार कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 09:31:22 AM मा प्रकाशित

laxmi  sunrise bank

एक्सेल डेभलपमेन्ट बैंक Excel Development Bank Limited ले आफ्नो स्वामित्वमा रहेको विभिन्न ३ कम्पनीको गरि कुल १ लाख २६ हजार ६ सय १९ कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले आरएमडीसी लघुवित्तको ५ हजार ७ सय ७० कित्ता, ग्रामिण विकास लघुवित्तको २५ हजार २ सय कित्ता र युनाइटेड इन्स्योरेन्सको ९५ हजार ६ सय ४९ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । 

कम्पनीले ति शेयर फागुन ६ गतेदेखि २० गतेसम्म लिलाममा राखेको हो । यस लिलामीको शेयरमा आवेदन दिँदा न्युनतम १ हजार कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । 

बैंकले आरएमडीसी लघुवित्तको न्युनतम शेयर मूल्य प्रति कित्ता ४९८, ग्रामिण विकास लघुवित्तको न्युनतम शेयर मूल्य प्रति कित्ता ४०० र युनाइटेड इन्स्योरेन्सको शेयरको न्युनतम शेयर मूल्य प्रति कित्ता २९८ कायम गरेको छ । आवेदन दिनेले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । 

आवेदन दिनको लागि लघुवित्तको हकमा कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, प्यान विवरण, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने बैंकले जनाएको छ। इन्स्योरेन्सको शेयरको हकमा भने बीमा समितिले तोकेको संस्थापक शेयर खरिद गर्न योग्य ब्यक्ति तोकिएकोले कागजात पेश गरि आवेदन गर्न सक्ने छन् । 

शेयर लिलाम प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved