डिप्रोक्स नेपालले डाक्यो विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2021 | 09:01:23 AM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्त Deprosc Laghubitta Bittiya Sanstha  को संस्थापक संस्था डिप्रोक्स नेपाल अर्थात् विकास आयोजना सेवा केन्द्रले विशेष साधारणसभा आह्वान गरेको छ  । केन्द्रको फागुन ३ गते बसेको संचालक समितिको बैठकले फागुन २० गते बिहिबार विशेष साधारणसभा आह्वान गरेको हो  । 

केन्द्रले त्यस दिन दिउँसो २ बजे थापाथली स्थित केन्द्र कै कार्यालयमा विशेष साधारणसभा आह्वान गरेको हो  । केन्द्रको विधान २०५० मा आवश्यक संशोधन गर्न र अनुसूची थप गर्नको लागि केन्द्रले विशेष साधारणसभाले आह्वान गरेको हो  ।

डिप्रोक्स नेपाल अर्थात् विकास आयोजना सेवा केन्द्र डिप्रोक्स लघुवित्तको संस्थापक शेयरधनी हो  । आर्थिक वर्ष ७५/७६ को लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसार लघुवित्तमा केन्द्रको १०.९३ प्रतिशत संस्थापक शेयर र सर्बसाधारणतर्फको ३.८४ प्रतिशत शेयर स्वामित्व छ  । 

यता डिप्रोक्स लघुवित्तले हालै मात्र लाभांश घोषणा गरेको छ  । लघुवित्तको  माघ २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लागि लाभांश प्रस्ताव गरेको हो  । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved