फरवार्ड माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 08:38:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार फरवार्ड माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशतमा बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य २ हजार ६ सय ७८ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ३ हजार ३ सय ४८ थियो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो  । फागुन ४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६.५८ प्रतिशत नगद गरि कुल ३१.५८  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले फागुन २१ गते शुक्रबार दिउँसो ११ बजे साधारणसभा डाकेको छ ।  

हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ४ लाख १५ हजार रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved