सिंगटी हाइड्रोको आईपिओ बाँडफाँड, एक जनालाई अधिकतम ५ सय कित्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 05:05:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय वासिन्दालाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मेगा क्यापिटलले सोमबार दिउँसो शेयर बाँडफाँड गरेको हो । 

बाँडफाँड मोडल अनुसार १० कित्ता देखि ४९० कित्तासम्मको लागि आवेदन दिने माग गरे बमोजिम कै शेयर पाएका छन् ।  ५ सय कित्तादेखि माथिको लागि आवेदन गर्ने ५२३ जना लगानीकर्ता मध्ये गोल्परथाबाट २९९ जनाले थप १० कित्ता शेयर पाएका छन् ।  यस हिसाबमा कम्पनीको शेयर अधिकतम ५०० कित्तासम्म पाएका छन्।  

कम्पनीले माघ ४ गतेदेखि फागुन ३ गतेसम्म  आयोजना प्रभावित स्थानीय वासिन्दालाई १४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । यस आईपिओमा दोलखाको बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने ब्यबस्था थियो। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने ब्यबस्था थियो । 

आईपिओमा कुल १९ हजार २ सय ८२ जनाले आवेदन दिएको र ति मध्ये ४६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य रहेका १९ हजार २ सय ३६ जना आवेदकलाई शेयर बाँडफाँड गरिएको हो  ।  

 कम्पनीले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले चैत्रको पहिलो साता भित्र सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने तयारी गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved