
सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha को लाभांश सुरक्षित गर्ने आज फागुन १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेको ले आज फागुन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
कम्पनीले चैत्र ५ गते बिहिबार त्रिपुरेश्वरमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हकप्रदपछि हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१८४२१ प्रतिशत नगद गरि कुल ३. ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २३ करोड ३९ लाख ३३ हजार ७ सय रहेको छ ।
त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संचालकको निर्वाचन गर्ने, यस अघि नियुक्त गरिएका संचालकको नियुक्ति अनुमोदन गर्ने, र प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नु परेको खण्डमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् ।