
नबिल इन्भेष्टमेण्ट बैंकिंङ Nabil Investment Banking ले नारी दिवसको अवसर पारेर शेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताहरुलाई लक्षित गरी लगानी व्यवस्थापन सेवावापत एक वर्षको बार्षिक शुल्क छुट गरेको छ । यो योजना अँग्रेजी महिना मार्च अन्तिमसम्म रहने छ ।
शेयर बजारमा लगानी गर्न इच्छा रहेको तर शेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जो कोही महिला लगानीकर्ताहरुले यो सूबिधा प्राप्त गर्न सक्ने नबिल इन्भेष्टमेण्ट बैंकिंङले जनाएको छ ।