सारथी नेपाल लघुवित्तको साधारणसभा आह्वान, एफपिओ निष्काशनदेखि नाम फेर्नेसम्मको प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2021 | 08:09:38 AM मा प्रकाशित

laxmi  sunrise bank

सारथी नेपाल लघुवित्तले एफपिओ निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख ३ गते धुलिखेलको होटेल अरनिकोमा सभा आह्वान गरेको हो । 

सभामा कम्पनीले  एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव लैजाने भएको हो । सर्बसाधारणको लागि छुट्याईएको साधारण शेयर एफपिओ मार्फत बिक्रि गर्ने कम्पनीले प्रस्ताव गरेको हो । 

त्यस्तै कम्पनीले लाभांश प्रस्ताव पनि सभामा पेश गर्ने छ  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.१३ प्रतिशतले १ करोड ९१ लाख ५२ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४२८२३३ प्रतिशतले हुन आउने १० लाख ८ हजार बराबरको नगद लाभांश गरि कुल ८.५५८२३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।   साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

बोनस र एफपिओपछि कम्पनीको चुक्ता बढ्ने भएकोले सोहि अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभामा पेश हुने छ । 

सभामा प्रबन्धपत्र र नियमावलिई संशोधन गर्ने, नियामक निकायबाट थप फेरबदलको लागि निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने, अन्य संस्थासँग मर्ज हुने वा गाभिने निर्णय गर्ने र त्यस समबन्धि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, राष्ट्र बैंकले नाम परिवर्तन गर्न निर्देशन दिएकोले नाम फेर्ने लगायतका प्रस्ताव पनि पेश हुने छन् ।  

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्बसाधारण समुहक  २ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १९ गतेदेखि बैशाख ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले  चैत्र १८ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved