यी ५ स्थानमा ब्रोकर शाखा खोल्न बोर्डको स्वीकृति, पूर्वाधार तयारपछि संचालनमा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2021 | 04:46:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ४ वटा ब्रोकर कम्पनीलाई ५ स्थानमा शाखा खोल्नको लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले अहिले ब्रोकरले खोलेका शाखा (आरडब्लुएस- रिमोट वर्किंग स्टेशन) कै अवधारणामा शाखा खोल्नका स्वीकृति प्रदान गरेको हो ।

बोर्डले १ करोड पुँजी बराबर एउटा शाखा खोल्न सक्ने गरि स्वीकृति प्रदान गरेको स्रोतले जनाएको छ । अर्थात् यदि कुनै ब्रोकरको २ करोड पुँजी भएमा उसले २ वटा शाखा खोल्न सक्ने छ। 

शाखा खोल्नको लागि स्वीकृति पाउनेमा ३४ नम्बर ब्रोकर भिजन सेक्युरिटी, ३६ नम्बर ब्रोकर सेक्युर्ड सेक्युरिटिज, ब्रोकर नम्बर ५७ आर्यतारा र थप एउटा ब्रोकर रहेको छ । यीमध्ये १ ब्रोकरले २ स्थानमा र ४ ब्रोकरले १ स्थानमा  शाखा संचालनको लागि स्वीकृति पाएका हुन् । 

धितोपत्र बोर्डले नवलपरासीको कावासोती, म्म्यग्दीको वेनी, तनहुको दमौली, झापाको दमक, र चितवनको टाँडीमा शाखा स्थापनाको स्वीकृति दिएको हो ।  यस संगै अब ब्रोकर कम्पनीले यी स्थानमा ब्रोकर कार्यालय संचालनको लागि आवश्यक पूर्वाधार तयार पार्नु पर्ने छ ।  ब्रोकरले तयार पारेको शाखाको बोर्डले निरीक्षण गर्ने छ र सबै मापदण्ड पुरा गरेको भए शाखा मार्फत कारोबार संचालनको लागि अनुमति दिने छ ।  

बोर्डका अनुसार हाल ४१ वटा ब्रोकरको ४६ शाखा संचालनमा छन् ।  यस अघि ब्रोकर नभएको स्थानमा ब्रोकर कम्पनीको माग अनुसार शाखाको लागि  अनुमति प्रदान गरिने बोर्डले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved