२ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 08:33:18 AM मा प्रकाशित

laxmi  sunrise bank

आज चैत्र १७ गते मंगलबार २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज आरम्भ चौतारी लघुवित्त र उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । 

यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा  भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।  

आरम्भ चौतारी लघुवित्तले  आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट  मर्जर पश्चात हाल कायम रहेको चुक्ता पुँजीको ८.८५ प्रतिशतले हुन आउने २ करोड ३३ लाख १५ हजार १ सय ४८ रुपैयाँ बराबरको बोनस शेयर  वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी मर्जरमा गएको र बोनसमा कर नलाग्ने भएकोले कम्पनीले नगद लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ३४ लाख ४८ हजार रहेको छ । कम्पनीले चैत्र ३१ गते काभ्रेको बनेपा स्थित पन्चकन्या ब्यान्क्वेटमा सभा आह्वान गरेको छ ।  

त्यस्तै उन्नति सहकार्य लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १७.८१०३८७२१ प्रतिशतले हुन आउने २ करोड ६६ लाख ३३ हजार ५६ रुपैयाँ ३८ पैसा बराबरको बोनस शेयर  वितरण गर्ने प्रस्ताव गरेको छ  । हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ९५ लाख ३६ हजार ६ सय ५० रुपैयाँ रहेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । कम्पनीले  चैत्र ३१ गते मंगलबार रुपन्देहीको होटेल पौवामा  सभा आह्वान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved