रुरु हाइड्रोको आईपिओमा तेस्रो दिनसम्म ४९ गुणा बढी आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 05:29:57 PM मा प्रकाशित

laxmi  sunrise bank

रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्म ४९ गुणाको आवेदन परेको छ ।  आज सोमबार साँझ ५:२० सम्ममा कम्पनीको आईपिओमा १३ लाख ८ हजार ९ सय ८५ जना आवेदकबाट १ करोड ८७ लाख ६५ हजार ६ सय कित्ताको लागि आवेदन परेको छ ।  यो माग भन्दा ४९.४९ गुणा बढी हो ।  

कम्पनीले चैत्र २० गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले  ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ सर्बसाधारणकोलागी बिक्रि खुला गरेको हो। 

जस मध्ये ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ  । बाँकि रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  

कम्पनी प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिक्रि गरेको हो ।  लगानीकर्ताले यस आईपिओमा चैत्र २४ गतेसम्म आवेदन दिन सक्ने छन् ।  आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम निष्काशन भएको पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  

कम्पनीले यस अघि  फागुन ७ गते देखि आयोजना प्रभावित स्थानीयवासिन्दाको लागि ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर निष्काशन गरेको थियो । ति शेयर बाँडबाँड भईसकेको छ । आईपीओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा चयन गरेको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।

कम्पनीले हुग्दीहोलामा ५ मेगावाटको अपर हुग्दी खोला आयोजना निर्माण सम्पना गरि संचालन गरिरहेको छ । यस आयोजनाले सन् २०१५ को मार्चदेखि विद्युत उत्पादन गरिरहेको छ । 

यो पनि : 

रुरु हाइड्रो रिभ्यु: प्रिमियम मुल्यमा आईपिओ, पछिल्लो ३ बर्षदेखि निरन्तर फाइदामा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved