नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा मर्चेन्ट
बैंकर एशोसिएसन अफ नेपालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम आयोजना गरेको
छ । एशोसिएसले समाचार सम्प्रेषण गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धि भएमात्र पुँजी
बजारका बारेमा सही समाचार आम सर्वसाधारणमा जाने महसुस गरेर आर्थिक पत्रकारको क्षमता
विकासका लागि तालिम आयोजना गरेको हो ।
तालीममा पुँजी बजारका बारेमा कलम चलाउँदै आएका ३० भन्दा बढी पत्रकार सहभागी
थिए । जसमा नेपाल धितोपत्र बोर्डका नायव कार्यकारी निर्देशक रूपेश केसी र एशोसिएसनका
महासचिव पारसमणि ढकालले बुक बिल्डिङबारे प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले यस्ता तालीम देशव्यापी
आयोजना गर्ने र त्यसका लागि नाफिजसँग सहकार्य गर्ने बताए ।
सहभागी वक्ताहरूले पुँजीबजारमा गलत सूचना प्रवाहले लाखौं लगानीकर्ताको लगानी जोखिममा पर्न सक्ने बताए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आम लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोतको प्रयोग गर्नुपर्नेमा जोड दिए । गलत सूचनाका कारण लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपृने जिकिर उनले गरे । बोर्डका पछिल्ला निर्णय र कार्यले पूँजीबजारमा नयाँनयाँ कीर्तिमान कायम हुँदै गएको दाबी उनको छ ।