नयाँ टिएमएस र भुक्तानीको लागि नयाँ प्रणाली ल्याउदै ब्रोकर, इन्ट्रा डे र सब-ब्रोकर सुरुगर्न माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 09:09:38 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकरहरुले शेयरबजारमा देखिएका विद्यमान समस्या समाधानको लागि विभिन्न योजना बनाईरहेको बताएका छन्  । ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसियनले ब्रोकरहरुको संयुक्त पहलमा शेयर कारोबारको लागि नयाँ टिएमएस ल्याउनेदेखि शेयर खरिदबिक्रिको रकम भुक्तानीको लागि नयाँ प्रणाली विकास भईरहेको जनाएको हो

जस अनुसार एसोसियनले ब्रोकरहरुको संयुक्त पहलमा १० भन्दा बढी देशमा प्रयोग भईरहेको टिएमएस ल्याउनको लागि सम्झौता भई काम अगाडी बढिसकेको जनाएको छ। सबै पक्षको उचित सहयोग भएमा शेयर लगानीकर्ताहरुले आगामी साउन १ गतेबाट नयाँ टिएमएसबाट कारोबार गर्न पाउने संघको भनाई छ । 

संघका अनुसार चुस्त दुरुस्त सेवा प्रवाह गर्न, कारोबारमा निहित जोखिम ब्यबस्थापन गर्न , लगानीकर्ताले बेहोरिरहेका समस्या अन्त्य गर्न, १० भन्दा बढी राष्ट्रमा प्रयोग भईरहेको टिएमएस ल्याउन खोजिएको हो । सम्बन्धित पक्षको उचित सहयोग भए साउन १ देखि यो प्रयोगमा आउने संघले जनाएको छ 

संघका अनुसार हाल उक्त प्रणालीलाई localization र customization गर्ने काम भईरहेको छ । उक्त प्रणालीमा multi assest, multi exchange trading paltform रहेकोले शेयर, डिबेन्चर, बोन्ड, डेरीभेटिभ, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एकभन्दा बढी स्टक एक्सचेन्जमा वा डेरीभेटिभ एक्सचेन्जमा एक साथ गर्न सकिने संघले जनाएको छ । यसको मोबाइल एप पनि रहेकोले लगानीकर्तालाई थप सहज हुने संघले उल्लेख गरेको छ । संघका अनुसार प्रणालीमा stop loss, take profit, after market order, algorithmic वा high frequency trafing जस्ता आदेश ब्यबस्थापन विशेषता छन् । अर्थतन्त्र, बजार तथा सुचिकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरि यस प्रणालीमा तथ्यांकहरु राखिने र लगानीकर्ताले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने ब्यबस्था रहेको संघले जनाएको छ । 

संघले अहिले आफुले प्रयोग गरिरहेको टिएमएस आफ्नो अधिनमा नरहेकोले विभिन्न समस्या आउने गरेको र त्यसलाई आफ्नो पक्षबाट समाधान गर्न नसकिएको उल्लेख गरेको छ । बेला बखत सिस्टमको कारणले भुक्तानीमा ढिलाई भएको भन्दै संघले भुक्तनीमा ढिलो भएमा ब्रोकर हाउसमा गई चेक लिनको लागि आग्रह गरेको छ । टि प्लस टु पश्चात लगानीकर्ताको विवरण अध्याबधिक नभएका वा प्रणालीसंग सम्बन्धित अन्य कुनै कारणले गर्दा समयमानै लगानीकर्ताले रकमको भुक्तानी प्रणालि मार्फत प्राप्त गर्न नसकेको अवस्था रहेमा सम्बन्धित ब्रोकर कार्यालयमा गई चेकको माध्यम बाट भुक्तानि लिन संघले अनुरोध गरेको हो ।

ब्रोकरहरुले आफुहरुलाई थप सेवाको लागि जिम्मेवारी दिन पनि आग्रह गरेका छन् । संघले भनेको छ 'हामी व्यवसायीहरु नियामक निकायले तोकेका सम्पूर्ण प्रावधानहरु पुरा गर्न, अन्तराट्रिय जगतमा ब्रोकरले अगालेका पद्धति र प्रणाली प्रयोग गर्न र आवश्यकता अनुसार पूर्बधार बृद्धि गर्न सदैब तयार छौ । आधिकारिक प्रतिनिधी तथा सब–ब्रोरकको माध्यमबाट देशका हरेक क्षेत्रमा दोस्रो बजार बिस्तार गर्न र मार्जिन टे«डिङ्ग, लगानी परामर्श, लगानी व्यवस्थापन र ईन्ट्रा डे कारोबार जस्ता थप सेवाहरु प्रवाह गरी बजरालाई थप गति प्रदानगर्ने हाम्रो तिब्र इच्छा रहेको छ । र हामी यसका लागी सक्षम पनी छौ । अन्तराष्ट्रिय स्तरको व्यावसायीक संरचना विकास गरी त्यही स्तरको ब्रोकर सेवा आम लागानीकर्ताहरुलाई उपलब्ध गराउन सधै लालईत छौ । यसका लागी नियामक निकाय तथा बजार संचालकको आवश्यक निर्देशन तथा सहयोगको अपेक्षा गर्दछौ ।'

साथै संघले ब्रोकरहरुले प्रयोग गर्ने ४ प्रणालीहरु एपीआइको अभावमा अन्तर आवद्द हुननसकेको पनि संघले जनाएको छ । भुक्तानी समबन्धि समस्याको समधान गर्न ब्रोकर र संघ मिलेर प्रणाली विकास गरि परिक्षण भईरहेको र सो कार्यान्वयनमा आएपछि भुक्तानीका सबै समस्या हल हुने संघको विश्वास छ । 

यो पनि : 

साउनबाट १० भन्दा बढी देशमा प्रयोग भईरहेको टिएमएस प्रयोगमा ल्याउने तयारी, यस्ता छन् विशेषता

Share Your Thoughts

Recent News

Main News

Close in 7

Bizpati.com © 2020. All Rights Reserved