नेपाल बैंकले ९ महिनामा कमायो २ अर्ब २६ करोड नाफा, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 08:48:16 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंक Nepal Bank Limited  को खुद नाफा १३.३१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ९९ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा बढेर २ अर्ब २६ करोड पुगेको हो। 

यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड रहेको छ। बैंकको खुद ब्याज आम्दानी ११.७५ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड पुगेको छ भने संचालन मुनाफा २९.७६ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड पुगेको छ । 

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ७.१२ प्रतिशतले बढेर १ खर्ब ५१ अर्ब पुगेको छ भने कर्जा प्रवाह २३.८४ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको छ। बैंकको खराब कर्जा २.६४ प्रतिशतबाट घटेर २.२९ प्रतिशत कायम भएको छ । १२ अर्ब ६३ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा २ अर्ब १५ करोड रहेको छ 

बैंकको प्रति शेयर आम्दानी २३.८७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २७०.२२ रुपैयाँ रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved