१४ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2021 | 08:38:35 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited  को खुद नाफा १४.०९ पतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा  बैंकले २ अर्ब ४९ करोड नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आईपुग्दा बैंकको खुद नाफा २ अर्ब ८४ करोड पुगेको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३८ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी ५.३१ प्रतिशतले घटेर ४ अर्ब २९ करोड कायम भएको छ । 

समिक्षा अवधिमा बैंकको निक्षेप ०.२४ प्रतिशतले घटेर १ खर्ब ६५ अर्ब ९६ करोड पुगेको छ भने कर्जा प्रवाह १५.५५ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब पुगेको छ। बैंकको खराब कर्जा २.६७ प्रतिशतबाट घटेर २.३२ प्रतिशत पुगेको छ ।

१६ अर्ब २५ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १४ अर्ब ९ अर्ब रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २३.३५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १८६.७२ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved